Kakhara सबैको खबर सम्पूर्ण खबर
सेवाग्राहीको गुनासो सुन्न  सानीभेरी गाउँपालिकामा टोल फ्री नम्बर संचालन 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले टोल फ्रि नम्वर संचालनमा ल्याएको छ । पालिकामा हुने सेवा प्रवाह बुझ्न तथा गुनासो गर्न गाउँपालिकाले टोल फ्री नम्बर संचालनमा ल्याएको हो । पालिकाबासीलाई पालिकाबाट हुने सेवा प्रवाह तथा  गुनासाे गर्न सहज हाेस् भन्ने उदेश्यले निशुल्क टोेले फ्री नम्बर  १८१०५०००१४६ संचालनमा ल्याएको  सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । 

पालिकाबाट हुने सेवा प्रवाह तथा सेवाग्रहीको गुनासो सुन्न गुनासाे सुन्ने अधिकारी मानविर ओलीलाई जिम्मेवारी दिएको छ । उहाँ पालिकाको बालकल्याण अधिकारीको रुपमा समेत कार्यरत हुनुहन्छ । गाउँपालिकाले टोल फ्री नम्बर संचालनमा ल्याएसँगै पालिकाबासीलाई सेवा प्रवाहको बारेमा बुझ्न र गुनासो गर्न सहज हुने विश्वास गाउँपालिकाले लिएको छ । 

पालिकासँग सम्बन्धित सेवा प्रवाह तथा गुनासो गर्दा टोल फ्री नम्बरमा फोन गर्दा पैसा नलाग्ने भएकाले पालिकाबासीको पैसा पनि जोगिने  र सकेसम्म  गुनासो पनि  तत्कालै सम्बोधन हुने भएकाले पालिकाबासीलाई सहज हुने गाउँपालिकाकाे अपेक्षा रहेकाे छ । टोल फ्री नम्बर चाैविसै घण्टा स‌चालन हुने छ ।  यस अघी चौरजहारी नगरपालिकाले पनि टोल फ्री नम्बर संचालनमा ल्याइसकेको छ । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update