Kakhara सबैको खबर सम्पूर्ण खबर
नेविसंघ रुकुमेली क्याम्पसद्वारा ताला खोल्न एक घण्टे अल्टिमेटम 

नेपाल विद्यार्थी संघ रुकुमेली क्याम्पस इकाई समितिले एक घण्टे अल्टिमेटम दिँदै क्याम्पसमा लगाएको ताला खोल्न आग्रह गरेको छ । इकाई समितिले क्याम्पसमा अज्ञात पक्षले तालाबन्दी गरेकोले निर्वाचन तालिका प्रभावित भएको भन्दै अबको एक घण्टाभित्र अर्थात् सवा ५ बजेसम्म सहमतिमा आई समन्वय नगरेमा निर्वाचन पक्रिया अघि बढाउन क्याम्पस प्रशासन तथा निर्वाचन समितिलाई आग्रह गरेको छ ।

निमित्त क्याम्पस प्रमुख दौलत घर्ती र निर्वाचन अधिकृत शिवराम खत्रीलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ क्याम्पस इकाई समितिले यस्तो माग गरेको हो । ताला खोली निर्वाचन प्रक्रिया अघि बढाउन एक घण्टे अल्टिमेटम दिइएको नेविसंघ रुकुमेली क्याम्पस इकाई समिति सभापति निर्मलजंग खड्काले जानकारी दिनुभयो ।

अन्यथा आन्दोलनमा उत्रिन बाध्य हुने र आन्दोलनको क्रममा भएको क्षतिपूर्तिप्रति निर्वाचन समिति र क्याम्पस प्रशासन जबाफदेही हुने सभापति खड्काले चेतावनी दिनुभयो । फर्जी विद्यार्थी भर्ना गरी मतदाता नामावली सार्वजनिक गरिएको र फर्जी विद्यार्थीलाई उम्मेदवार बनाइएको भन्दै अखिल क्रान्तिकारी लगायतका ५ संगठनले हिजो क्याम्पसमा तालाबन्दी गरेका छन् ।

Messenger_creation_ED596B93-8880-4EED-BA9D-75C8775867DF-1742210042.jpeg

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update