Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका थप २ संक्रमितको मृत्यु
फाइल तस्बिर ।

रुकुम पश्चिममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्लेमा १ र उपचारमा लगिएको चितवनबाट घर फर्काएर ल्याउने क्रममा १ गरी २ जनाको मृत्यु भएको हो । जिल्ला अस्पताल सल्लेमा बाँफिकोट गाउँपालिका ४, घर भई मुसीकोट नगरपालिका १, बस्ने ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबार विहान ति पुरुषको मृत्यु भएको जिल्ला अस्पतालका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो । रोगले च्याप्दै लिएपछि ति पुरुषलाई जेठ ४ गते अस्पताल भर्ना गरिएको थियो । यसैबीच त्रिवेणि गाउँपालिकाकी १, की ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

कोरोना संक्रमण भइ स्वास्थ्यमा गम्भिर समस्या आएपछि उनलाई थप उपचारका लागि चितवन लगिएको थियो । चितवनमा पनि उपचार सम्भव नहुने भनेपछि फर्काएर घर ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको स्वास्थ्य संयोजक विरबहादुर डाँगीले जानकारी दिनुभयो । उनलाई केही दिन अघि थप उपचारका लागि भनेर जिल्ला अस्पताल सल्लेबाटै रिफर गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update