Kakhara सबैको खबर सम्पूर्ण खबर
सेवा प्रवाहलाई प्रभावकारी बनाउन एआई च्याटबोट प्रयोगमा ल्याउँदै चौरजहारी नगरपालिका 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले एआई च्याटबोट प्रयोगमा ल्याउने भएको छ । नगरपालिका कार्यालयसँग सम्बन्धित जानकारी सहज रूपमा प्रदान गर्न नगरपालिकाले एआईच्याटबोट प्रयोगमा ल्याउन लागेको हो । च्याटबोट प्रयोग तथा प्रारम्भमा देखिएका त्रुटिहरू पहिचान गर्न कर्मचारीहरूसँग अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको  चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाले जानकारी दिनुभयो । च्याटबोट प्रविधिमा आधारित कम्प्युटर प्रोग्राम हो ।

च्याटबोटले मानिसहरूसँग लेखेर वा बोलेर दुबै माध्यमबाट काम गर्ने भएकाले सेवाग्राहीको सहजताको लागि एआई च्याटबोट प्रयोगमा ल्याउन लागिएको उहाँको भनाई छ । नगरपालिकामा एआई च्याटबोट प्रयोगमा आएसँगै सेवाग्राहीले घरबाटै चाहिएको जानकारी प्राप्त गरी आवश्यक तयारी गर्न सहज हुनुका साथै सेवा प्रवाहको सरलीकरणमा नवीतम सूचना प्रविधिको उपयोग गर्ने उदेश्यले च्याटबोट संचालनमा ल्याउन लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । 

नगरपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिने सेवा, आवश्यक कागजात, सेवा लिने प्रक्रिया, लाग्ने दस्तुर, प्रतिवेदन, सम्पर्क नम्बर लगायतका आवश्यक जानकारी च्याटबोटले सहज रूपमा उपलब्ध गराउने छ  । भने नगरपालिका कार्यालयसँग सम्बन्धित रहेर खोजेको जानकारी तथ्यमूलक रूपमा च्याटबोटले प्रदान गर्ने  नगरपालिकाले जनाएको छ । च्याटबोटको प्रयोग केही दिनभित्र आउने नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update