
पछिल्लो स्ववियु निर्वाचनले माओवादी केन्द्रलाई निकै उत्साहित र आसावादी बनाएको देखिन्छ, त्रिभुवन विश्व विद्यालय ६२ आङ्गिक क्याम्पस मध्य ४० मा स्ववियु निर्वाचन निर्वाचन भयो, ३८ क्याम्पसको नतिजा आइसकेको छ, भने २ वटाको आउन बाँकी छ । उपत्यकामै धेरै आङ्गिक कलेजहरूमा निर्वाचन हुन सकेन, केन्द्रीय क्याम्पस देखि त्रिचन्द्र, आर आर, अस्कल, शंकरदेव, विश्व भाषा, नेपाल ल जस्ता प्रतिष्ठित क्याम्पस सत्तासीन पार्टी निकट अखिल र नेविसंघ नै आन्तरिक किचलो र तालाबन्दी र अवरोधका बाबजुद क्रान्तिकारीले मार खेप्नु परेको छ ।उपत्यका भित्र ११ र उपत्यका बाहिर २९ मध्ये अखिल(क्रान्तिकारी)ले १० वटामा जित हात पारेको छ ।
त्यस्तै १०५३ सम्बन्धन प्राप्त क्याम्पस मध्य करिब ४०० हाराहारी क्याम्पसले निर्वाचनको तयारी गरेतापनि १०० जति क्याम्पसमा निर्वाचन हुन सकेन । जसमध्ये नेविसंघ ११० अनेरास्ववियु ९७ र क्रान्तिकारी ८७ क्याम्पस जित हात पारेको स्ववियु निर्वाचनमा लामो समयदेखि आफूलाई अग्रपंक्तिमा नाम लेखाउँदै आएको एमाले अखिल अहिले दोस्रोमा खुम्चिनु परेको छ । भने निकै ठुलो अन्तरले तेस्रो हुँदै आएको अखिल(क्रान्तिकारी)आज हाराहारीमा आउँदा क्रान्तिकारी भित्र उत्साह छाएको छ भने प्रतिस्पर्धीमा नयाँ आशंका । जस्तोकी गएको ७९ को स्ववियु निर्वाचनमा १३३ क्याम्पस जित्दै एमाले अखिल पहिलो भएको थियो भने ८९ क्याम्पस जितेर नेविसंघ दोस्रो र ६५ क्याम्पसको नेतृत्व हात पार्दै क्रान्तिकारी तेस्रो बनेको थियो ।
अझै गजबको चाखलाग्दो कुरा त के छ भने सत्तासीन अखिल र नेविसंघले क्रान्तिकारी विरुद्ध देशभरका ७५% भन्दा बढी क्याम्पसमा मोर्चा बन्दी गरे कतै कतै त माधव नेपाल निकट अनेरास्ववियु समेत उनीहरू सङ्गै बस्यो, उदाहरणका लागि केन्द्रीय प्रविधि क्याम्पस धरानमा अखिल नेविसंघ र समाजवादी निकट अनेरास्ववियू को संयुक्त गठबन्धनलाई परास्त गर्दै क्रान्तिकारीका पेशलराज कार्की निर्वाचित भए ।
कहाँ कहाँ इतिहास रच्यो क्रान्तिकारीले:
-त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस भन्दा पनि पहिले स्थापना भएको पश्चिम नेपालकै सबैभन्दा पुरानो र प्रतिष्ठित आङ्गिक क्याम्पस त्रिभुवन क्याम्पस पाल्पा मा नेविसंघ को ३० वर्ष लामो एकलौटी विरासत लाई धक्का दिँदै क्रान्तिकारी का मिलन घर्ती निर्वाचित भए ।
-पूर्वी नेपालको सबभन्दा ठुलो महेन्द्र मोरङ क्याम्पसमा पनि लामो समयदेखि सत्तासीन सङ्गठन कै दबदबा रहँदै आएकोमा यस पटक क्रान्तिकारी कै नेता रोहित यादवले इतिहास रचे ।
-देशकै सबैभन्दा ठुलो कर्मचारी र प्रशासक उत्पादन गर्ने र कर्मचारी र प्रशासक लाई अध्ययन गराउने जनप्रशासन क्याम्पस बल्खुमा पनि क्रान्तिकारीले नै इतिहास रच्यो।
-पूर्वी नेपालको अर्को ठुलो आङ्गिक क्याम्पस जहाँ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को समेत विरासत जोडिएको छ,उक्त क्याम्पस पनि अखिल र नेविसंघ कै संयुक्त प्यानललाई पछि पार्दै क्रान्तिकारी विजयी बन्यो ।
-६५ को निर्वाचनमा गठबन्धन गरेर जितेको तर त्यसयता हार बेहोर्दै आएको,७९ को निर्वाचनमा त उम्मेदवार समेत पाउन मुस्किल परेको केन्द्रीय प्रविधि क्याम्पस धरानमा अखिल,नेविसंघ र माधव नेपाल निकट अनेरास्ववियू को संयुक्त गठबन्धन लाई हराउँदै क्रान्तिकारी ले नै इतिहास रच्यो ।
क्रान्तिकारीको जनमत सुधार हुनुका कारणहरु:
-लामो समयदेखि आन्तरिक गुट- उपगुट र भुमरीमा फसिरहेको सङ्गठनले साङ्गठनिक संरचना बलियो बनाउने गरेको पछिल्लो अभ्यास !
-जनता सङ्ग पुनः सम्बन्ध स्थापना गर्ने रणनीति !
-पार्टीले अवलम्बन गरेको सुशासन र बेतिथि विरुद्धको कदम !
-प्रतिस्पर्धिहरुको कमजोरी(जस्तोकी सरकार एक पछि अर्को गल्ती दोहोराउँदै जाँदा पनि भातृ सङ्गठनहरू मुख दर्शक बन्नु) !
आगामी कार्यभार:
सत्तासीन दलहरू निकट सङ्गठनहरूकै महागठबन्धन का बिचबाट पनि उनीहरूकै हाराहारीमा स्ववियु जित्नु चानचुने कुरा पक्कै होइन एकल प्रतिस्पर्धा गरेको भए क्रान्तिकारी लाई पहिलो बन्न कसैले रोक्ने थिएन भन्ने दृष्टान्त साबित भएको छ । माओवादी ले अझै आफूलाई सुधार गर्नुपर्ने र जनमुखी बनाउने कार्यभार झनै थपिएको छ । माओवादी आन्दोलन निकै पेचिलो बन्दै गएको वर्तमान परिपेक्षमा माओवादी आन्दोलनका उपलब्धिमाथि दिनहुँ प्रहार र पुनर्उत्थानवादीहरु सलबलाउनुले कार्यभार झनै प्रभावकारी बनाउनेतर्फ सोच्नु पर्ने छ ।
भर्खरै मात्र चितवन इन्जिनियरिङ क्याम्पस मा स्वतन्त्र बाट सभापतिमा निर्वाचित प्रज्वल अधिकारी क्रान्तिकारी मै भएका छन् भने अन्य स्वतन्त्रहरू सङ्ग पनि छलफल चलिरहेको छ र उहाँहरू सकारात्मक हुनुहुन्छ । स्वतन्त्र देखि अन्य सङ्गठनका इमानदार कार्यकर्ता को समेत भावना लाई क्रान्तिकारी र माओवादी ले सम्बोधन गर्नुपर्ने छ ।
खास गरी सरकारबाट बाहिरिएपछि पछिल्लो पटक माओवादी जसरी जनता र कार्यकर्ता तथा सहिद परिवार, घाइते अपाङ्ग र गरिब दुखीहरूको मलहम बनिरहेको छ त्यो कार्यलाई अझै प्रभावकारी बनाउने र पार्टीका माथिल्लो कमिटीमा रहेका नेताहरू मात्रै पारदर्शी बन्दै, माओवादीले नेतृत्व गरेको स्थानीय सरकारहरूले पनि सुशासन, सामाजिक न्याय र पारदर्शीताको जग बसाउन सके भने माओवादी को आगामी यात्रा सुनौली देखिन्छ, यही खुसीमा हौसिएर फेरि पनि एक पछि अर्को गल्ती दोहोर्याउदै, आत्मरति लिने काम मात्रै गरियो भने यो खुसी तासको घर झैँ गर्ल्याम्म हुन बेर छैन ।