Kakhara सबैको खबर सम्पूर्ण खबर
ढुंगाले लागेर एक्स्काभेटर चालकको मृत्यु 

रुकुम पश्चिममा एक्स्काभेटर चालकको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ र ३ को सिमाना जोड्ने भित्री सडक खन्ने क्रममा झिम्रुछिप्रा खोलामा भे १ क २२३० नम्बरको एक्स्काभेटर दुर्घटना हुँदा चालक सल्यान बनगाड कुपिण्डे नगरपालिका ७ का ३५ वर्षीय भोलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

बाटो खन्ने क्रममा करिब ३० मिटर माथिबाट खसेको ढुंगाले लागेर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय बाँफिकोटबाट प्रहरी नायब निरीक्षक राजेन्द्रकुमार रानाको नेतृत्वमा २ जनाको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update