रुकुम पूर्वमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
रुकुम पूर्वमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भूमे गाउँपालिका वडा नं. ३ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । गएराति ९ बजे उपचारका लागि रुकुम पुर्व अस्पतालमा पुर्याइएका पुरुषमा एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिनुभयो ।
कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरेर उपचार गर्दै गर्दा उनको मृत्युु भएको अस्पतालका डाक्टर पुर्ण पुनले बताउनुभयो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको र स्वास्थ्यमा गम्भिर समस्या भएपछि उनलाई घरपरिवारले अस्पतालमा ल्याएका थिए । मृतक पुरुषको शव नेपाली सेनाद्धारा आज व्यवस्थापन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८ ०६:२०
प्रतिक्रिया दिनुहोस्