Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे पर्व (बल पूजा) आयोजक समिति अमेरिकाको अध्यक्षमा दलपूर्ण 

भूमे पर्व (बल पूजा) आयोजक समिति अमेरिकाको नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । जसको अध्यक्षमा रोल्पाको थवाङका दलपूर्ण रोका रहनुभएको छ ।

जसको उपाध्यक्षमा सुर्य पुन मगर, महासचिव कमल पुन मगर, सचिव जोरबहादुर बुढामगर, कोषाध्यक्षमा वसन्तमान पुन मगर तथा सह कोषाध्यक्षमा सुजता बुढामगर हुनुभएको छ ।

सदस्यहरुमा सुर्य रसाइली, रक्ष पुन, तेजबहादुर सुनार, बर झाँक्री मगर जयराम बुढा, भिमकाजी घर्ती र राजकुमार पुन मगर रहनुभएको छ । सल्लाहकारमा मिमासाङ पुन मगर, धनकुमार रोका मगर र कर्मधन पुन रहनुभएको छ ।

अमेरिकामा रहेका रुकुम पूर्व र रोल्पा लगायत ठाउँका मगर समाजबाट आयोजक समिति बनाउने गरिएको छ । यसअघि गेमी तकसेरा समाजका वीरचक्र बुढा मगर अध्यक्ष रहनुहुन्थ्यो । अब सन् २०२७ मा भूमे समाजबाट अध्यक्ष हुने समझदारी बनेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update