पशुपंक्षीको उपचार
सानीभेरीमा आठ हजार पशुपंक्षीको उपचार

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ८ हजार पशुपंक्षीको उपचार गरको छ । चालु आर्थिक सुरु भएदेखि फागुनसम्म ८ हजार पशुपंक्षीको उपचार गरेको हो । साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा ८ हजार पशुपंक्षीको निशुुल्क उपचार गरिएको सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविर आयोजना तथा किसानको घरमै पुगेर पशुपंक्षीको उपचार गरिएको हो । गाई, भैँसी, भेडा, बाख्रा, हाँस, कुखुरा लगायतको उपचार गरिएको हो । त्यस्तै पालिकाभरका ८८ वटा कुकुर विरालोलाई रेविज विरद्धको खोप लगाएको छ भने ६८ वटा साडे तथा बोकाको बन्ध्याकरण गरिएको उहाँले जानकारी दिनुभयो । पालिकामा पीपीआर खोप पनि चलिरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ १४:२७
प्रतिक्रिया दिनुहोस्