
रुकुम पश्चिमको बाँफकाेट गाउँपालिका २ मा पिपलमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयको आयोजना तथा बाँफिकाेट गाउँपालिका पशु सेवा शाखाको सह आयोजनामा भएको शिविरमा ७ हजार १ सय ३२ पशुपंक्षीकाे उपचार गरिएको छ ।
विज्ञ सहितको पशु स्वास्थ्यकर्मीहरूकाे टोलीले उपचार सेवा तथा परामर्श दिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका पशु प्राविधिक रिमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा वडा नम्बर १ र २ का १ सय ९८ घर परिवारले सेवा लिएका हुन् ।
गाई गोरु ५ सय १७, भैँसी राँगा ३ सय ५४, भेडा बाख्रा २ हजार ७ सय ८५, कुखुरा ३ हजार ४ सय २५ र ५१ वटा कुकुरको उपचार भएको खड्काले बताउनुभयो । त्यस्तै १३ वटा पशुको बन्ध्याकरण गरिएको छ ।
बाँफिकाेट २ का वडाध्यक्ष प्रकाश खत्रीको प्रमुख आतिथ्यतामा भएको शिविरमा विज्ञ डाक्टर दीपक ओली र रिया फुयाँलको नेतृत्वमा पशु अस्पताल तथा पशु सेवा कार्यालय र बाँफिकाेट पशु सेवा शाखाका प्राविधिकहरू खटिएका थिए ।