Kakhara सबैको खबर सम्पूर्ण खबर
उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई  नगदसहित शैक्षिक सामग्री सहयोग
नगदसहित शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुँदै डा. बुढाथोकी ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरिनेटामा रहेको बालशिक्षा माध्यमिक विद्यालयमा बार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई नगदसहित शैक्षिक सामग्री सहयोग गरिएको छ । मुसिकोट नगरपालिका ५ बागबजारमा मनकामना लाईफ केयर हस्पीटल संचालन गर्दै आउनुभएका डाक्टर यज्ञप्रसाद बुढाथोकीले उत्कष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई नगदसहित शैक्षिक सामम्री सहयोग गर्नुभएको हो । बार्षिक परीक्षाको नतिजा प्रकाशनको अवसरमा विद्यालयमा उत्कृष्ट अंक प्राप्त गर्ने दुई विद्यार्थी कोपिला केसी र विशाल बुढाथोकीलाई समान २ हजार पाँच सय रुपैयाँका  दरले नगदसहित शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

त्यस्तै स्थान प्राप्त गर्ने ८ जना विद्यार्थीलाई  पनि हौसला स्वरुप शैक्षिक सामग्री सहयोग गरिएको डाक्टर बुढाथोकीले जानकारी दिनुभयो । विद्यालयमा १ लाख रुपैयाँ बराबरको डाक्टर यज्ञप्रसाद बुढाथोकी छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने समेत उहाँले घोषणा गर्नुभएको छ । अक्षयकोषबाट प्राप्त हुने व्याज रकमबाट हरेक वर्ष उत्कष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई नगद सहयोग गर्ने डाक्टर बुढाथोकी बताउनुभयो । डाक्टर बुढाथोकी सोही विद्यालयमा अध्यनरत पूर्व विद्यार्थी समेत हुनुहुन्छ ।

आफुले अध्यन गरेको विद्यालयलाई सम्झेर विद्यार्थीको हौसला स्वरुप शैक्षिक सामग्री र आर्थिक सहयोग गरेकोमा विद्यालय परिवारले उहाँलाई धन्यवाद ज्ञापन गरेको छ । 

inbound3233218358760952519-1743310741.jpg

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update