नापी कार्यालय
आठविसकोटको नापी कार्यालयको बोर्डमा ‘आई लभ यू प्रमिला’

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ राडीमा रहेको नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । आज विहानबाट कार्यालयको डिजिटल बोर्डमा ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको देखाएको छ । सोही विषयमा नगर प्रमुख रवि केसीलाई बुझ्दा डिजिटल बोर्ड ह्याक भएको जानकारी दिनुभयो ।
‘ह्याकरले नापी कार्यालको नाम हटाएर ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ डिस्प्ले गरेको देखिएको छ, यस विषमा अनुसन्धान भइरहको छ ।’ साथै यस विषमा जिल्ला प्रशासन तथा अनुसन्धान गर्ने निकायलाई जानकारी बनाएको नगर प्रमुख केसीले बताउनुभयो ।
आज विहान स्थानीयले मोर्निङ वाकको समयमा नापी कार्यालयको वोर्डमा ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको देखेपछि सामाजिक संजालमा पोष्ट गरेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ ११:४६
प्रतिक्रिया दिनुहोस्