Kakhara सबैको खबर सम्पूर्ण खबर
इभी गाडीले अटोलाई ठक्कर दिँदा २ महिला घाइते

रुकुम पश्चिममा इभी गाडीले अटो रिक्सालाई ठक्कर दिँदा २ महिला घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १३ सादनचौरमा मुसिकोट तर्फ आइरहेको अटोलाई समान दिशा तिरै आइरहेको इभी गाडीले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भे १ ज १४८२ नम्बरको इभी गाडीले लुम्बिनी प्रदेश ०२–००१ ह ०८२९ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार मुसिकोट १४ की देउरुपा ओली र बाटोमा हिँडिरहेकी मुसिकोट १३ की कमला केसी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिनुभयो । 

घाइतेहरूको टाउकोमा चोट लागेको, अवस्था मध्यम रहेको र जिल्ला अस्पताल सल्लेमा उपचार चलिरहेको उहाँले बताउनुभयो । अटो र इभी गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update