
जिल्ला अस्पताल रुकुम पश्चिममा कार्यरत एक स्वास्थ्यकर्मीले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गरेका छन् । ल्याब टेक्निसियन मुसिकोट नगरपालिका १ का पुष्कर केसीले ३४ वर्ष पुगेको अवसरमा एक पिन्ट ओ पोजेटिभ रगत दान गर्नुभएको हो ।
सामाजिक सेवा भावले रक्तदान गरेको उहाँले बताउनुभयो । रगत अभावका कारण बिरामीले अकालमा ज्यान गुमाउन नपराेस भनेर रक्तदान गरेको र यो रगत कसैको ज्यान जोगाउन सहयोगी हुने उहाँको विश्वास छ । उहाँ जिल्ला अस्पतालको ब्लड बैङ्कमा कार्यरत हुनुहुन्छ । उहाँले उक्त बैङ्कमा रक्तदान गर्नुभएको हो ।
जिल्ला अस्पतालमा ब्लड बैङ्क स्थापना भएपछि जन्मदिन लगायतका अवसरमा रक्तदान गर्नेहरूको सङ्ख्या बढ्दो छ भने रक्तदान गर्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएपछि स्व इच्छुक रूपमा रक्तदान गर्नेहरूको सङ्ख्या समेत धेरै रहेको जिल्ला अस्पतालको भनाई छ । साथै विभिन्न दिवसमा रक्तदान कार्यक्रम सञ्चालन हुने गरेका छन् ।