Kakhara सबैको खबर सम्पूर्ण खबर
लोकतान्त्रिक खेलकुद संघ आठविसकोटको अध्यक्षमा रितिक

नेपाल लोतान्त्रिक खेलकुद संघ आठविसकोट नगरपालिका रुकुम पश्चिमकाे नयाँ कार्य समिति चयन गरिएको छ । आठविसकोट नगरपालिका वडा नम्बर ९ राडीमा नगर स्तरिय लोकतान्त्रिक खेलकुद संघ निर्माण गरिएको हो । रितिक विकको अध्यक्षतामा २१ सदस्यीय खेलकुद संघ गठन गरिएको लोकतान्त्रिक खेलकुद संघका जिल्ला प्रतिनिधी तेज बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा युनिशा बुढा, सचिवमा दिनेश नेपाली, सह सचिवमा प्रकाश विष्ट र कोषाध्यमा डिला नाथ चयन हुनुभएको छ । सदस्यहरुमा रवि बटाला, कमला बुढा, धर्ती बस्नेत, महेश सार्की, मुस्कान केसी, आन्नद परियार चयन हुनुभएको छ । त्यस्तै डायमन विक, दिलिप शाही र सुन्दर बुढा पनि सदस्यमा चयन हुनुभएको हाे । नव नविार्चित समितिले १ महिना भित्र बैठक बसी ७ जना सदस्य  मनोनित गर्ने निर्णय  गरेको छ ।

नेपाली काग्रेसका आठविसकोेट नगर सभापति अमृत बोहराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सचिव तारकबहादुर शाही, प्रवक्ता लालबहादुर ओली, जिल्ला सदस्य जनक बटला, लोकतान्त्रिक खेलकुद संघका जिल्ला प्रतिनिधी बुढा लगाएको उपस्थित रहेको थियो  । 
 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update