
गत शुक्रबार राजावादीको आन्दोलमा मृत्यु भएका एभिन्यूज टेलिभिजका क्यामेरा पर्सन पत्रकार सुरेश रजकको हत्याको विरोध स्वरुप रुकुम पश्चिमका पत्रकाहरुले हातमा कालोपट्टी बाधेका छन् । आज सांकेतिक विरोध स्वरुप महासंघको निर्णय अनुसार पत्रकारहरुले विरोध स्वरुप कार्यक्षमा कालोपट्टी बाधेर काम गरेका हुन् । राजावादीको आन्दोलनका क्रममा शुक्रबार काठमाडौमा घरभित्रै कामेरा पर्सन रजकको जलेर निधन भएको थियो ।
सोही घटनाको विरोधमा रुकुम पश्चिममा पनि पत्रकारहरुले कार्यकक्षमै कालोपट्टी बाधेर विरोध जनाएकाे पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार भोली पनि विरोध स्वरुप जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
गत शुक्रबार राजावादीहरुले काठमाडौँमा सञ्चार माध्यम लगायत विभिन्न सरकारी तथा निजि क्षेत्रमा तोडफोड तथा आगजनी गरको थिए ।