Kakhara सबैको खबर सम्पूर्ण खबर
संक्रमित गर्भवतीको उपचारका लागि हेलिकोप्टर चार्टर
फाइल फाेटाे ।

रुकुम पश्चिमबाट एक कोरोना संक्रमित महिलालाई हेलिकोप्टर चार्टर  गरेर नेपालगञ्ज लगिएको छ । सप्तरी घर भई हाल रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १४ को राङसी स्वास्थ्य चौकीमा कार्यरत २७ वर्षिया अनमीलाई हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । उनि ७ महिनाकी गर्भवती रहेको बताईएको छ । कोरोना संक्रमण भएर जिल्ला अस्पताल रुकुम पश्चिममा उपचाररत उनको अवस्था थप जटिल बन्दै गएपछि आज सल्ले विमानस्थलबाट अल्टिच्युट एअरको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो । 

ज्वरो, सास फेर्न गाह्रो हुने, खान मन नलाग्ने लगायतका समस्याले थलिएकी उनलाई जेठ ४ गते जिल्ला अस्पताल रुकुम पश्चिम ल्याईएको र सोही दिन कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो । उनले त्यसअघि टाईफाईड भनेर अन्य औषधि सेवन गरेको र निको नभएपछि अस्पताल आएको पाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार उनमा अक्सिजन लेवल मेन्टेन नहुने, सास फेर्न गाह्रो हुने, ज्वरो आउने तथा खान मन नलाग्ने जस्ता समस्या छन् । केहि उपचार गर्दा पनि अवस्था थप जटिल बन्दै गएपछि उनलाई रिफर गरिएको फोकल पर्सन रावलले बताउनुभयो ।  
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update