मृत्यु
चितुवाको आक्रमणबाट बालकको मृत्यु

बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो ।
उनको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ १२:३७
प्रतिक्रिया दिनुहोस्