Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा पनि एमालेकाे जागरण सभा

नेकपा (एमाले) रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलंगामा आज जागर सभा सम्पन्न गरेको छ । पार्टीको देशव्यापी कार्यक्रम अन्तरर्गत रुकुम पश्चिममा पनि जिल्ला स्तरीय जागरण सभा आयोजना गरिएको हो । पछिल्लो समयमा देखिएको राजावादीको हिंसात्मक गतिविधिका विरुद्ध लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि देशव्यापी कार्यक्रम अन्तरर्गत जिल्लामा जागरण सभा आयोजना गरिएकाे पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो ।

जागरण कार्यक्रम अन्तर्गत र्याली निकालिएको थियो । पार्टी कार्यालय बागबजारबाट निकालिएको र्याली त्रिवेणी चोक, सहिदगेट, तल्लो बजार, जिल्ला प्रशासन हुँदै बालमन्दिरमा पुगेर सभामा परिनत भएको थियो । सभालाई पार्टीका पोलिटव्यूरो सदस्य खेममान खड्का, जिल्लाका अन्य नेता लगायतले सम्वोधन गरेका थिए ।

IMG-20250331-WA0044-1743437072.jpg
सभालाई सम्बोधन गर्दै नेताहरुले राजावादीको हिसांत्मक गतिविधीको विरुद्ध सवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । जागर सभामा छ वटै पालिकाबाट एमालेका नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

जिल्ला पार्टी अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटव्यूरो सदस्य खेममान खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश सदस्य कर्णबहादुर ओली लगायत जिल्लास्थित एमाले नेता कार्यकर्ताहरूकाे उपस्थित रहेको थियो । कार्यक्रमको संचालन पार्टी जिल्ला सचिव शसिराम नेपालीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update