Kakhara सबैको खबर सम्पूर्ण खबर
७१ वर्षीय वृद्धलाई मुसिकोट ५ ले बनाई दियो घर 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा  नम्बर ५ थर्पूका एक घरबार विहीन ७१ वर्षीय वृद्धलाई घर हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका विच मुसिकोट नगर प्रमुख महेन्द्र केसीले ७१ वर्षीय शेरबहादुर गोरखालीलाई चाबी दिएर घर हस्तान्तरण गर्नुभएको हो । घर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख केसीले घरबार विहीनलाई घर बनाइदिएर ५ नम्बर वडाले नगरपालिकामै उदाहरणीय काम गरेको बताउनुभयो ।inbound4440287483435403274-1743748962.jpg 

बर्षौँ देखि अर्काकाे घरमा बस्दै आउनुभएका शेरबहादुरलाई घर बनाइदिएर वडाले सह्रानीय काम काम गरेको उहाँले बताउनुभयो । घर निर्मााण पश्चात् शौचालय, खानेपानी लत्ताकपडा लगायत अन्य सामग्री पनि आवश्यक पर्ने भएकाले नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । ५ नम्बर वडाले उदाहरणीय काम गरेको उल्लेख  गर्दै अन्य वडाहरुले  पनि सिक्नु पर्ने नगर प्रमुख केसीको भनाई थियो ।  घर दुइकोठे एक तलाको रहेको छ । 

चालु आर्थिक वर्षमा शेरबहादुर सहित वडामा रहेका ३ जना घरबार विहीनलाई घर बनाईदिन लागेको वडा अध्यक्ष समिरजङ मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य २ वटा घर गंगाराम सुनार र भुपेन्द्र परियारका लागि निर्माणको चरणाा रहेका छन् । आफ्नो जग्गाधनी पूर्जा भएर पनि घर नभएकाहरुको लगत संकलन गरेर वडा कार्यालयले घर निर्माण गरिदिएको हो ।

inbound8318576637696015820-1743748960.jpg

भौतिक पूर्वाधारबाट प्राप्त भएको १० लाख बजेटबाट वडामा तीन जना घरबार विहीनको घर निर्माण गर्न लागिएको उहाँको भनाई छ । वडामा अझै अन्य १/२ परिवार घरबार विहीन रहेकाले अर्को वर्ष समेत यने कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ ।

वर्षौँ देखि अर्काको घरमा वस्दै आएकोमा आफ्नै घरमा बस्न पाउँदा खुसी लागेको शेरबहादुरले बताउनुभयो । घरमा शौचालय, खानेपानी, लत्ताकपडा, खाद्यान्न लगायतका सामग्री समेत आवश्यक रहेकोले सहयोग गर्न  उहाँले आग्रह गर्नुभएको थियो ।  ७१ वर्षीय शेरबहादुर एकल पुरूष हुनुहुन्छ । 

inbound5830670617180926235-1743748960.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update