रुकुम पश्चिमबाट अर्का एक कोरोना संक्रमितलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । कोरोना संक्रमण भएर जिल्ला अस्पताल सल्लेमा उपचार गराईरहेका मुसीकोट नगरपालिका १ का ५५ वर्षिय पुरूषलाई हेलिकोप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको हो ।
जेठ २ गते काेराेना संक्रमण भएर घरमै स्वास्थ्य लाभ गरिरहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि जेठ ६ गते अस्पताल भर्ना गरिएकाे थियाे । तर उनको अवस्थामा सुधार नआएपछि रिफर गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अवस्थामा सुधार नआएपछि उनलाई थप उपचारका लागि परिवारजनले हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगेका हुन् ।
आज मात्रै जिल्ला अस्पतालबाट रिफर गरिएका २ जनालाई हेलिकोप्टर मार्फत थप उपचारका लागि लगिएको छ । आजै बिहान रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १४ को राङसी स्वास्थ्य चौकीमा कार्यरत अनमीलाई हेलिकोप्टर चार्टर गरेर नेपालगञ्ज लगिएको थियो ।