Kakhara सबैको खबर सम्पूर्ण खबर
सिर्जना उत्सव: मुसिकोटमा कविताको प्रतिस्पर्धा सुरु

रुकुम पश्चिममा सिर्जना उत्सव जारी छ । उत्सव अन्तर्गत अहिले मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँ स्थित सहित सहिद प्रतिष्ठानकाे हलमा कविताको प्रतिस्पर्धा चलिरहेको छ । नेपाली कला साहित्य डट कम प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् रुकुम पश्चिमको सह आयोजनामा सिर्जना उत्सव भइरहेको हो ।

शुक्रवार त्रिवेणी गाउँपालिकाको सहिद स्मृति भवन सिम्रुतुमा सिर्जना उत्सव अन्तर्गत ठाडी भाकाको प्रतिस्पर्धा भएको थियो । आज कविताको प्रतिस्पर्धा भइरहेको हो । जसको कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले ब्यानर पढेर उद्घाटन गर्नुभयो ।

1000013188-1743843907.jpg
५४ वटा कविता दर्ता भएकामा छनोट प्रक्रियामा ३४ वटा कविता सहभागी भएका थिए । त्यसबाट १२ मा झारिएको र आज त्यसबाट उत्कृष्ट ५ कविता छनोट गरिने सिर्जना उत्सव कार्यक्रमका संयोजक पूर्ण ओलीले जानकारी दिनुभयो ।

आजको कार्यक्रममा उत्कृष्ट १२ कविता प्रस्तुत समेत भइरहेको उहाँले बताउनुभयो । कवितामा प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना हुने कविताले समान ५–५ हजार पुरस्कार पाउने ओलीको भनाई छ । 

1000013187-1743843907.jpg
ठाडी भाकाको प्रतिस्पर्धामा कुल २० टिम दर्ता भएकामा त्यसबाट मूल्याङ्कन गरेर ५ वटामा झारेर पुरस्कृत गरिएको थियो । 

1000013186-1743843904.jpg
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update