Kakhara सबैको खबर सम्पूर्ण खबर
६ वटै पालिकामा वाइसिएलको सम्मेलन हुने, कुन पालिकामा कहिले ?
फाइल फाेटाे ।

नेकपा(माओवादी केद्र) को सहायक संगठन  योङग कम्युष्टि लिग(वाइसिएल) नेपाल रुकुम पश्चिमले जिल्लाका छवटै पालिकामा सम्मेलन गर्ने भएको छ । वाइसिएलले पालिकाको सम्मेलनको लागि मिति र कार्य विभाजनको जिम्मेवारी समेत तोकेको छ । बुधबार जिल्ला सदरमुकाममा बसेको वाइसिएलको बैठकले पालिका सम्मेलनको मिति र कार्य विभाजनको जिम्मेवारी तोकेको वाइसिएल रुकुम पश्चिमका संयोजक गोविन्दप्रकाश ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौरजहारी नगरपालिका र बाँफीकोट गाउँपालिकामा यही चैत २५ गते, सानीभेरी गाउँपालिकामा २७ गते, मुसिकोट नगरपालिका तथा  त्रिवेणी गाउँपालिकामा २८ गते  र आठविसकोट नगरपालिकामा २९ गते सम्मेलन गर्ने मिति तय गरेको छ । त्यस्तै बैठकले पालिका सम्मेलन सम्पन्न गर्न  जिम्मेवारी पनि तोकेको छ ।सानीभेरी गाउँपालिकाको सम्मेलन सम्पन्न गर्न बालकुमार नकाललाई जिम्मेवारी दिएको छ ।

त्यस्तै मुसिकोट नगरपालिकामा डम्मर थापा र राजु विक, चौरजहारी नगरपालिकामा लाबहादुर विष्ट र एल.वि कटुवाल, बाँफिकोट गाउँपालिकामा सौरभ केसीलाई जिम्मेवारी दिएको छ । त्यसैगरी आठविसकोट नगरपालिका शुसिला शाहि, दलजित विक र गोविन्द ओली,  तथा त्रिवेणी गाउँपालिकामा जनककुमार विश्वकर्मालाई जिम्मेवारी तोकिएको  जिल्ला संयोजक ओलीले जानकारी  दिनुभयो । साथै बैठकले ६ वटै पालिकामा चैत मसान्तसम्म सदस्यता नविकरण गरी सक्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update