Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमगाड जलविद्युत  प्रशारण लाईन :  दुई दिन अनियमित हुने 

रुकुम पूर्वमा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडद्वारा संचालित ५ मेगावट क्षमताको रुकुमगाड जलविद्युत आयोजनाको  प्रशारण लाईन दुई दिन अनियमित हुने भएको छ । कन्स्ट्रक्सन लिमिटेडले आज एक सूचना जारी गर्दै दुई दिन विद्युत लाइन अनियमित हुने जानकारी बनाएको हो । रुकुम पश्चिम वितरण केन्द्रलाई विद्युत लाइन चैत २५ र २६ गते दुई दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म अनियमित हुने जानकारी बनाएको हो ।

३३ केभी प्रशारण लाइन नजिकका रुखका हाँगा विङ्गा काट्नु साथै लाइन पट्रोलिंग गर्नु पर्ने भएकाले विद्युत आपुर्तिमा अनियमिता हुने राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सनले जनाएकाे छ । 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update