Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडियो सानीभेरी १८ वर्षमा प्रवेश 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट सञ्चालनमा रहेको रेडियो सानीभेरी एफ.एम १८ वर्षमा प्रवेश गरेको छ । सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्रद्वारा २०६४ साल चैत्र २५ गतेबाट सञ्चालनमा आएको रुकुम पश्चिमको पहिलो सामुदायिक रेडियो सानीभेरी आजबाट १७ वर्ष पुरा गरी १८ वर्षमा प्रवेश गरेको हो । 

कर्णाली र लुम्बिनी प्रदेश सहितका १५ बढी जिल्लामा रेडियोको पहुँच रहेको छ । रेडियोले स्थापनाकाल देखि नै समाचार, सूचना, मनोरञ्जनजन्य कार्यक्रमलाई प्राथमिकता दिँदै आइरहेको छ । 

सञ्चार माध्यमको तर्फबाट नागरिकको अभिमत अनुरूप विकास, समृद्धि र उत्पादनको योजना कार्यान्वयनलाई तीव्रता दिई समाजवादको आधार तयार गर्न तथा सङ्घीयताको सबल कार्यान्वयनका लागि राज्यका सबै निकायलाई थप उत्तरदायी बनाउन जोड दिँदै आएको छ ।

साथै अनियमितताको सशक्त भण्डाफोर गरी सुशासन कायम गर्ने कार्यलाई निरन्तरता दिने रेडियोले जनाएको छ । यसका अलावा सामाजिक परिवर्तन, मौलिक कला संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाहरूको प्रस्फुटन, जनहितकारी सन्देश प्रवाह जस्ता नियमित कार्यहरू पनि जारी रहने रेडियोको भनाई छ । 

रेडियोले १७ वर्ष पुरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा सम्पूर्ण स्रोता, विज्ञापनदाता, संस्थामा कार्यरत कर्मचारी तथा पत्रकार, शुभेच्छुक तथा शुभचिन्तकहरूमा शुभकामना व्यक्त गरेको छ । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update