Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगा बजारमा रहेका प्रयोग विहिन पुराना तार हटाइयो  

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रमा रहेका पुराना तार हटाएको छ । मुसिकोट नगरपालिकाले बजार क्षेत्रमा रहेका इन्टरनेट तथा विद्युत लाइनका प्रयोग विहिन पुराना तार हटाएको हो । बजारलाई व्यवस्थित तथा सुन्दर बनाउन प्रयोग विहिन इन्टरनेट तथा विद्युतका तार हटाएको मुसिकोट नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सल्ले, खलंगा, बागबजार र सेरिगाउँसम्मका बजार क्षेत्रका पुराना प्रयोग विहिन तार हटाएको छ । साथै प्रयोगमा रहेका इन्टरनेट तथा विद्युत लाइनका तार पनि व्यवस्थित  गरिने उहाँको भनाई छ । पुराना तार हटाउन र प्रयोगमा रहेका तारलाई व्यवस्थित बनाउन नगरपालिकाले चालु आर्थिक वर्षमा ३ लाख बजेट विनियोजन गरेको नगर प्रमुख केसीले जानकारी  दिनुभयाे । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update