तीन बहिनी युवा क्लबको दोस्रो वार्षिकोत्सव सुरु

रुकुम पश्चिमको मुसिकाेट ८ को तीन बहिनी युवा क्लबकाे दोस्रो वार्षिकोत्सव कार्यक्रम सुरु भएको छ । वार्षिकोत्सव तथा नयाँ वर्ष २०८१ को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको हो ।
मुसिकोट नगरपालिका ८ नम्बर वडा अध्यक्ष जयबहादुर थापाको प्रमुख र रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काकाे विशेष आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको छ ।
कार्यक्रममा महिला, पुरुष भलिबल प्रतियोगिता सँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको हो । पुरुष भलिबल ३२ टिमले प्रतिस्पर्धा गर्ने आयोजक तीन बहिनी युवा क्लबले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१ १३:३८
प्रतिक्रिया दिनुहोस्