Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल खेलकुद संघ रुकुम पश्चिमको अध्यक्षमा तेज

नेपाली काँग्रेसको भातृ संस्था  नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट भलिबल खेलाडी तेजविक्रम बुढाको अध्यक्षतामा ७ सदस्य पछि मनोनीत गर्ने गरी ३१ सदस्यीय नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ ।

जसको उपाध्यक्षमा महेन्द्र समसेर खड्का र सपना ओली, सचिवमा सुनिल शाही, सहसचिव किरण परियार र कोषाध्यक्षमा रितिक बिक रहनुभएको छ । महाधिवेशन प्रतिनिधि समेत चयन गरिएको छ । महाधिवेशन प्रतिनिधिमा यदुकुमार आचार्य, भद्रबहादुर खड्का र नमुना ओली रहनुभएको छ । 

नेपाली काँग्रेस रुकुम पश्चिमका सङ्गठन विभाग संयोजक यदुकुमार आचार्यको अध्यक्षतामा भएको  अधिवेशनमा कर्णाली प्रदेशबाट खटिनु भएका प्रतिनिधि द्रोणप्रकाश चन्दको विशेष उपस्थित रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update