Kakhara सबैको खबर सम्पूर्ण खबर
असिना पानीले क्षति 

मंगलबार परेको असिना पानीले हिउँदे बालीमा क्षति गरेको छ । रुकुम पश्चिम सहित आसपासका जिल्लाहरूमा असिना पानीले पाकेर भित्र्याउन ठिक्क परेको गहुँ, जौ लगायतका हिउँदे बाली तथा तरकारी लगायतका फलफूलमा समेत क्षति पुगेको छ । प्रि–मनसुनका कारण किसानले ठुलो नोक्सानी बेहोर्नु परेको छ ।

पानी, हावाहुरी सँगै ठुलो मात्रामा असिना परेको थियो । भित्र्याउन ठिक्क भएको बालीनाली असिना पानीले क्षति गरेपछि किसान चिन्तित बनेका छन् । यस वर्षको हिउँदयाममा औषध भन्दा निकै कम पानी परेर हिउँदे बाली राम्रो नभएको अवस्थामा अलि अलि भएको बाली पनि मंगलबारको असिना पानीले क्षति गरेपछि किसान चिन्तित बनेका हुन् ।

पछिल्ला वर्षहरूमा हिउँद याममा पर्याप्त पानी नपर्ने र प्रि–मनसुनमा हावाहुरी तथा असिना पानीले हिउँदे बाली सखाप पार्न थालेपछि किसान आजित भइसकेका छन् । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update