Kakhara सबैको खबर सम्पूर्ण खबर
धन्न जोगियो पितिवाङ खोलामा निर्माणाधीन पुल 

राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ को सिमानामा पर्ने पितिवाङ खोलामा निर्माणाधीन मोटरेबल पुल मंगलबारको वर्षाबाट जोगिएको छ । वर्षापछि खोलामा आएको बाढीबाट पुल मुस्किलले जोगाउन सफल भएको पुल निर्माण गरिरहेको यति विल्डर्सले जनाएको छ ।

वर्षापछि खोलामा ठुलो बाढी आएको थियो । तर नियमित निगरानी राखेर खोलामा आएको बाढीलाई पन्छाएर पुल जोगाउन सफल भएको यति विल्डर्सका सञ्चालक भिमराज केसीले जानकारी दिनुभयो । राती अबेरसम्म बसेर खोलाको बाढीबाट पुललाई जोगाइएको उहाँको भनाई छ । तर जोखिम अझै बाँकी रहेको उहाँले बताउनुभयो ।

pitibang-bridge-(2)-1744167020.jpg
त्यस्तै खोलाबाट पुललाई जोगाउने क्रममा खोलामा निर्माण गरिएको कल्भर्टमा क्षति पुगेको छ । जसका कारण यातायात सेवा अवरुद्ध भएको छ । अवरुद्ध बाटो बिहान १० बजेसम्म सुचारु हुने यति विल्डर्सले जनाएको छ । वर्षौँसम्म अलपत्र पितिवाङ खोला पुलको जिम्मा यति विल्डर्सले सम्हालेपछि पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

गत मंसिर दोस्रो साता देखि काम सुरु गरेकामा अहिले पुलको ढलानको काम चलिरहेको छ । सोमबारबाट पुल ढलानको काम सुरु भएकामा आधा बढी काम सम्पन्न भएको छ भने आज ढलान सकिने कम्पनीले जनाएको छ । यो पुल निर्माण सम्पन्न भएमा वर्षौँ देखि सास्ती भोग्न बाध्य जिल्लावासीलाई सहज हुने छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update