Kakhara सबैको खबर सम्पूर्ण खबर
चट्याङ:  घर तथा  विद्युतीय मिटर बक्समा क्षति
चट्याङले पुर्याएकाे क्षति ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ चिन्छरेमा चट्याङले घरमा क्षति पुर्याएको छ । गएराति हावाहुरी सँगै आएको चट्याङले स्थानीयहरुका घर क्षति पुर्याउनुका साथै विद्युतीय मिटर बक्समा क्षति पुयाएको हो । मगंलबार रातिको चट्याङले घर क्षेति पुयाउनुका साथै मिटर बक्स, सोलारको व्याट्रीमा क्षति पुर्याएको स्थानीय संगम कठायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार  घरमा चट्याङबाट ५० बरारको क्षति भएको छ । अन्य स्थानीयहरुको घरमा पनि चट्याङले विद्युतका मिटर बक्स जलाई दिएको छ  । मानवीय क्षति भने भएको छैन् ।  
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update