
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले पनि पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको छ । आज जिल्ला सदरमुकाम मुसिकोट १ कालिकास्थानमा कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्नुका साथै दीप प्रज्वलन गरिएको हो ।
पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार रुकुम पश्चिममा पनि दीप प्रज्वलन गर्नुका साथै रजकको तस्बिरमा अबिर माल्यार्पण गरिएको पत्रकार महासंघ शाखाका सचिव दीपेन्द्र महताराले जानकारी दिनुभयो ।
पत्रकार रजकको घर परिवारलाई उचित क्षतिपूर्ति र हत्यामा संलग्नलाई पत्ता लगाई हदै सम्मको कारबाही हुनुपर्ने महासंघ रुकुम पश्चिमले सरकारसँग माग राखेको छ ।
गत चैत १५ गते राजावादीको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन पत्रकार रजकको काठमाडौँको तीनकुनेमा घरभित्रै जलाएर हत्या गरिएको थियो ।