
केही दिन देखि मौसम प्रतिकुल छ । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । रुकुम पश्चिममा पनि मंगलबार र बुधवार वर्षा भएको छ । मेघ गर्जन, हावाहुरी सहित भएको असिना पानीले हिउँदे बालीमा नोक्सानी समेत गरेको छ । पछिल्ला दिनमा बढेको डढेलो नियन्त्रण गर्न भने यो वर्षा प्रभावकारी बनेको छ । अझै मौसम प्रतिकुल नै छ ।
मौसम पूर्वानुमान महाशाखाले यो समयमा मेघ गर्जनको सम्भावना बढी भएकोले सतर्कता अपनाउन आग्रह समेत गरेको छ । डढेलोका घटना बढेपछि रुकुम पश्चिममा समेत प्रदूषण बढेको छ । आगलागीका घटना बढेपछि आकाश धुम्म छ । पानी परेपछि भने केही सुधार भएको छ ।
तर पूर्ण रूपमा प्रदूषण घट्न सकेको छैन । टम्म तुवाँलोले नजिकै ठाउँ देख्न समेत मुस्किल अवस्था आएको थियो । हाल त्यसमा भने सुधार आएको छ । जिल्लामा बर्सेनि हिउँद र प्रि मनसुनको अवधिमा आगलागीका घट्नामा ह्वात्तै बढेका छन् । जसले गर्दा देशभरिमा जस्तै रुकुम पश्चिममा पनि प्रदूषण बढ्दो छ । रुकुम पश्चिमको मुसिकोट र आसपासको बुधवार अपरान्ह्काे अवस्था फोटोमा हेर्नुहोस् ।