
रुकुम पश्चिममा जिल्ला स्तरिय आयोजना प्रस्ताव छनोट सिफारिस बैठक सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको उक्त वैठकमा आगामि आर्थिक वर्ष २०८२÷०८३ को लागि प्रस्तावित आयोजनाहरु सिफारिस गरी पठाएको हो । कर्णाली प्रदेश सकारको आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धि कार्यविधि २०८१ को दफा ६ बमोजिम जिल्ला स्तरिय आयोजना प्रस्ताव छनोट सिफारिस समितिको बैठक आयोजना गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रलाय अन्तरर्गतका विषयगत कार्यालयहरु डिभिजन वन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र डिभिजन जलाधार व्यवस्थापन कार्यालयको योजना सिफारिसको लागि बैठक आयोजना गरिएको हो । बैठकमा आगामि आर्थिक वर्षको लागि कार्यालयलाई आश्यक पर्ने बजेट तथा आयोजना सिफारिस गरी प्रदेश सरकारलाई पठाएको हो ।
कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश सभाका सदस्य राजकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रुकुम पश्चिमबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद, जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, उप प्रमुख देवबहादुर विक लगायत छवटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन योजना सिफासिस समितिको सदस्य सचिवको रुपमा रनुभएका डिभिजन वन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले गर्नुभएको थियो ।