पक्राउ
तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ लगिदैँ

तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले आज एक विज्ञप्ति जारी गरी प्रसाई र उहाँका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको जानकारी दिनुभयो ।
पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ ११:४५
प्रतिक्रिया दिनुहोस्