Kakhara सबैको खबर सम्पूर्ण खबर
तरुण दल मुसिकोटको  अध्यक्षमा विष्ट चयन
फाइल फोटो ।

नेपाली काङ्ग्रेस निकट भातृ संस्था तरुण दलको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । आज पार्टी कार्यालय मुसिकोट खलंगामा तरुण दलको दोस्रो नगर सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट सुदर्शन विष्टको अध्यक्षतामा ५१ सदस्यीय नयाँ नगर समिति तरुण दल निर्माण गरिएको छ । 

जसको उपाध्यक्षमा केशव खड्का,विजय शाही, हरी केसी र डिल्ली केसी चयन हुनुभएको छ । त्यसै सचिवमा प्रविन केसी र सिलास पुन मगर, सह सचिवमा मोहन रोका र महेश बुढा मगर चयन हुँदा  कोषाध्यक्षमा हिमाल मल्ल चयन हुनुभएको छ । आज एकैसाथ तरुण दल, नेपाल महिला संघ र नेपाल दलित संघको अधिवेशन भएको हो ।

नेपाल महिला संघ मुसिकोट नगर समितिको अध्यक्षमा बेद कुमारी न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति तथा नेपाल दलित संघको नगर अध्यक्षमा गंगाराम ददेलको अध्यक्षतामा २५ सदस्यीय  नगर कार्यसमिती निर्माण गरिएको हो । तीन वटै भातृ संस्थाहरुको नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको  पार्टी मुसिकोट नगर समिति सचिव सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो  ।

नेपाली कांग्रेस मुसिकोट नगर सभापति प्रेमबहादुुर ओलीको अध्यक्षता भएको अधिवेशनमा पूर्व राज्यमन्त्री मिठु मल्लको प्रमुख आतिथ्यतामा  रहेको थियो । त्यसै  कर्णाली प्रदेश कार्यसमिति सदस्य रिपबहादुर ओली, थलबहादुर खड्काको विशेष आतिथ्यता रहेको थियो । अधिवेशनमा जिल्ला स्थित नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update