
रूकुम पश्चिमका पहल गहतराज वर्ष २०८१ काे उदीयमान खेलाडी बनेका छन् । नेपाल पुलिस क्लबबाट भलिबल खेलिरहेका पहल पुरूष तर्फ उदीयमान खेलाडी बनेका हुन् । उनले ५० हजार पाए । नेपाल भलिबल संघले विभिन्न विधामा खेलाडी पुरस्कृृत गरेकाे हाे ।
जसमा नेपाल पुलिस क्लबका रविन चन्द र एपिएफ क्लबकी निरुता ठगुन्नाले पाँचौं एनभिए अवार्ड २०८१ को उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् । दुवैले अवार्डसँगै समान ५० हजार रुपैयाँ प्राप्त गरे।
नेपाल भलिबल संघले शुक्रवार आयोजित गरेको पाँचौं एनभिए अवार्डमा उनीहरु अवार्ड प्रदान गरिएको हो । उदीयमान पुरुष खेलाडी महिला तर्फ न्यू डायमन्ड क्लबकी सुमित्रा रेग्मीलाई प्रदान गरिएको छ । उनले ५० हजार रुपैयाँ पाइन ।
यसैगरी एपिएफका महेश चौधरी पुरूष टिमका र पुलिस क्लबका रुपेश विष्ट महिला टिमका उत्कृष्ट प्रशिक्षक बन्न सफल रहे। उनीहरूले पनि जनही ५० हजार रुपैयाँ प्राप्त गरे। टिम अफ द इयरमा पुरुषतर्फ एपिएफ र महिलातर्फ नेपाल पुलिस क्लबले २-२ लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै गत वर्ष काभा यू-२० च्याम्पियनसिपमा दोस्रो बन्न सफल पुरुष टोलीलाई ४ लाख ५० हजार रुपैयाँ प्रदान गरियो ।
संघले आयोजनामा २०८० को प्रदर्शनको आधारमा खेलाडी, प्रशिक्षक तथा खेल व्यक्तिवहरूलाई सम्मान गरेको हो। संघले छनौट समिति गठन गरेर अवार्ड प्राप्त गर्ने खेलाडीहरू चयन गरेको हो ।