Kakhara सबैको खबर सम्पूर्ण खबर
‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगिताकाे पुरस्कार वितरण 

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग(वाइसीएल) नेपाल रुकुम पश्चिमले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा स्थान प्राप्त गर्ने व्यक्तिलाई पुरस्कार वितरण गरेको छ । आज मुसिकोट नगरपालिका ५ सहिद प्रतिष्ठानको सभाहल सेरिगाउँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो । तेस्रो स्थान प्राप्त गर्ने हरिस रावलको आमा भिमा रावललाई नेकपा(माओवादी केन्द्र) का मुसिकोट नगर कार्यबाहक अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार प्रदान कार्यक्रममा बोल्दै नगर कार्यबाहक अध्यक्ष खड्काले पछिल्लो पुस्ताले जनयुद्धको बारेमा अनुभव गर्न नपाएपनि जनयुद्ध किन र केका लागि भएको थियो भनेर जानकारी बनाउनुपर्ने बताउनुभयो । 

‘‘गनतन्त्र हामिले ल्यायौँ भनेर मात्र मान्छेहरु बुझ्ने अवस्था छैन् यसका लागि पार्टीले जनयुद्धको बारेमा जानतालाई बुझाउने र यस्ता खालका कार्यक्रम गर्न आश्यक रहेको छ’’ उहाँले भन्नुभयो । जनयुद्धले देशमा राजनितिक, सामाजिक, आर्थिक क्षेत्रमा आमुल परिर्वन ल्याएकाले जनयुद्धको विषयमा पार्टीका सवै जनवर्गीय संठनहरुले जनता सामु बुझाउन  र यस्ता खालका कार्यक्रमहरु गर्न आवश्यक रहेको उहाँको भनाई थियो । 

बक्तृत्वकला प्रतियोगिता प्रथम स्थान हासिल गर्ने अमृत केसीलाई १० हजार पाँच रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्ने ईश्वर ओलीलाई ७ हजार पाँच रुपैयाँ, तेस्रो स्थान प्राप्त गर्ने हरिस रावललाई ५ हजार पाँच रुपैयाँ र  सान्तवना स्थान प्राप्त गर्ने शुर्दशन नकाललाई २ हजार पाँच रुपैयाँ सम्बन्धित स्थानीय तहको वाइसिएल समितिले पुरस्कार वितरण गरिसकेको वासिएल मुसिकोट नगर  इन्चार्ज राजु विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुला डिजिटल  प्रतियोगिताको पुर्व निर्धारित नियम सम्मत भ्युज लाइक, कमेन्ट र शेरको आधारमा ३० प्रतिशत तथा विषय वस्तुको आधारमा ७० प्रतिशत गरेर १ सय पुर्णाङमा मुल्यांकन गरेर नतिजा सार्वजनिक गरिएको थियो । डिजिटल माध्यम मार्फत प्रतियोगितामा  राम्रो सहभागिता रहेको र आगामी वर्षहरुमा पनि कार्यक्रमलाई अझ थप व्यवस्थित एवम् उत्कृष्ट डङ्गले निरन्तरता दिइने वाईसीएल रुकुम पश्चिमले जनाएको छ ।  जनयुद्ध दिवस एवम् सहिद सप्ताको अवसरमा वाइसीएलले  ’जनयुद्धको उपलब्धि संस्थागत गर्न युवाको भुमिका शिर्षकमा खुला डिजिटल बक्तृत्वकला प्रतियोगिता  आयोजना गरेको थियो  

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update