
सिस्ने यातायात प्रालि रुकुम पश्चिमले बाँफिकोट गाउँपालिकादेखि काठमाडौँ सम्मको लागि रात्रि सेवा सुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी बाँफिकोट गाउँपालिका ४ छिनखेतबाट प्रालिले रात्रि सेवा सुरु गरेको हो । छिनखेत बजार देखि खलङ्गा, रुकुम पूर्व हुँदै काठमाडौँ सम्मको लागि रात्रि सेवा सुरु गरिएको सिस्ने यातायात प्रालिका कार्यालय प्रमुख भरत बुढा मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रालिले सेवा सुरु गरेसँगै अब नदुवा, मग्मा, दुलि, जिपसिङ, छिनखेत, झुल्लाका स्थानीयले सहज सेवा पाउने छन् । बाँफिकोटवासीलाई काठमाडौँ जानको लागि अब जिल्ला सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यता हटेको छ ।
उद्घाटन कार्यक्रममा रुकुमकोट काउन्टरका इन्चार्ज बबि चन्द, छिनखेतका इन्चार्ज दीपिन बस्याल, रुकुमकोटका चलानी इन्चार्ज प्रकाश मल्ल लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।