Kakhara सबैको खबर सम्पूर्ण खबर
याे वर्षका पहिलाे सेवाग्राहीलाई चाैरजहारी नगरपालिकाको स्वागत

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले याे वर्षका पहिलाे सेवाग्राहीलाई स्वागत गरेकाे छ । नगरपालिकाले नव वर्ष २०८२ सालको पहिलो सेवाग्राहीहरूलाई स्वागत गरेकाे हाे ।

आइतबार सेवा लिन पुगेका सेवाग्राहीहरू चौरजहारी नगरपालिका-१३ का दिलीप शर्मा, भावना शर्मा र प्रेम डाँगीलाई स्वागत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयाे ।

FB_IMG_1744728073166-1744728148.jpg
आइतबार ठिक १० बजे नगरपालिका कार्यालयमा आइपुगेका सेवाग्राहीहरूलाई राष्ट्रिय गान लगतै दाेसल्लाले स्वागत गरेर सेवा प्रदान गरिएको उहाँकाे भनाई छ । उहाँका अनुसार नव वर्षको आगमनसँगै सेवाग्राही स्वागत गरेर नगरपालिका कार्यालय र सेवाग्राही बिचको सेवाग्राहीमैत्री सेवा प्रदान गर्ने सङ्कल्प गरिएको छ ।

पहिलो तीन जना सेवाग्राहीहरूलाई नव वर्षको शुभकामना सहित स्वागत गरिएको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update