Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसिएल सानीभेरी ३ को अध्यक्षमा पुष्प पुन चयन 

नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ कम्यूनिस्ट लिग(वाइसिएल) सानीभेरी गाउँपालिका वडा नम्बर  ३ को वडा भेला सम्पन्न भएको छ । वाइसिएलको संगठन विस्तार अभियान अन्तरर्गत आज वडा नम्बर ३ को भेला सम्पन्न भएको हो । भेलाले पुष्प पुनको अध्यक्षतामा २५ सदस्यीय वडा समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा अनिल ओली, अमर ओली, सचिवमा अमृत केसी, सहसचिवमा शंकर गिरी र कोषाध्यक्षमा लोकेन्द्र विकलाई चयन गरिएको छ । 

वडा भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपा माअ‍ेवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य जगदिश नकालले  जनयुद्धले जनताको मागलाई सम्वोधन गरिरहेको र  जनताका केही मागहरु पुरा नभएकाले सर्घष गरिरहनु परेको बताउनुभयो । अहिले अग्रगामी शक्ति र पक्षगामि शक्ति विच लडाई चलिरहको उहाँले बताउनुभयो । विशिष्ट अतिथि वाइसिएलका जिल्ला संयोजक गोबिन्दप्रकाश ओलीले हिजोको लडाई र आजको लडाई फरक रहेको बताउनुभयो । हिजो हतियारवद्ध लडाई  भएको र आज वैचारिक लडाई  भएकाले युवाहरु  वैचारिक लडाई लड्न तयार हुनुपर्ने उहाँको भनाई थियो । 

निर्वतमान अध्यक्ष शुशिल खड्काको अध्क्षयतामा भएको भेलामा पार्टीका जिल्ला समन्वय समितिका सदस्य नकालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै वाइसिएलका जिल्ला संयोजक ओली, जिल्ल सदस्य भिमप्रकाश विक, छविलाल विष्ट लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचाालन वाइसिएलका जिल्ला सदस्य बालकुमार नकालले गर्नुभएको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update