Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेटमा प्रथम पालिका स्तरिय यू-१६ क्रिकेट प्रतियोगिता हुने 

रुकुम पश्चिमा प्रथम पालिका स्तरिय यू-१६ क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला क्रिकेट संघ रुकुम पश्चिमको आयोजना तथा मुसिकोट नगरपालिका ५ बागबजारमा रहेको देव्यानी स्पोर्ट्सको सह आयोजनामा पालिका स्तरिय यू-१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यही वैशाख १८ देखि २० गतेसम्म मुसिकोट नगरपालिका वडा नम्बर ६ ट्याखोला खेल मैदानमा संचालन हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा  विजेता हुने टिमले नगद ३० हजार सहित कप, प्रमाणपत्र, उपविजेता हुने टिमले नगद २० हजार सहित कप, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट एक जना खेलाडीलाई साइकलको व्यवस्था गरिएको छ । साथै प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ ।

टिम दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन् भने खेलअवधि भर खेलाडीलाई नास्ताको व्यवस्था गरिएको छ । टिम दर्ता वैशाख १६ गतेसम्म गरिसक्नुपर्ने आयोजक नेपाल क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ ।

प्रतियाेगितामा एउटा पालिकाबाट एउटा मात्र टिम सहभागी हुन पाउने र एउटा टिममा ३ जनासम्म महिला खेलाडी राख्न पाइने कर्णाली प्रादेशिक क्रिकेट संघका सदस्य तथा जिल्ला क्रिकेेट संघ रूकुम पश्चिमका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयाे । महिला खेलाडीकाे उमेर भने जति भएपनि हुने ओलीले बताउनुभयाे । 

विभिन्न क्रिकेटप्रेमी तथा पूर्व क्रिकेट खेलाडीहरूकाे सहयाेगमा प्रतियाेगिता गर्न लागिएकाे आयाेजकले जनाएकाे छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update