Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सामुदायिक विद्यालयमा पनि भर्ना अभियान ठप्प 
शिक्षा ऐन जारीको माग सहित काठमाडौंमा आन्दोलित शिक्षकहरु ।

शिक्षकहरूको आन्दोलनका कारण रुकुम पश्चिममा पनि भर्ना अभियान प्रभावित बनेको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आयोजना गरेको शैक्षिक आम हडताललाई समर्थन गर्दै जिल्लाका सामुदायिक विद्यालयहरूले भर्ना अभियान ठप्प पारेका हुन् । 

जिल्लाका सबै सामुदायिक विद्यालयमा भर्ना अभियान ठप्प रहेको नेपाल शिक्षक महासंघ रुकुम पश्चिमले जनाएको छ । विद्यालयहरूले सूचना प्रकाशन गर्दै भर्ना अभियान लगायतका सबै शैक्षिक गतिविधिहरू ठप्प पारेको जानकारी गराइरहेका छन् । भर्ना अभियान वैशाख २ गतेबाट सुरु भइसकेको छ । 

तर आन्दोलन अन्तर्गतको शैक्षिक आम हडताल अन्तर्गत जिल्लाका सामुदायिक विद्यालयमा भर्ना अभियान ठप्प छ भने यसले हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । तत्काल शिक्षा ऐन जारी हुनुपर्ने माग सहित दुई साता देखि देशभरका शिक्षकहरू राजधानी काठमाडौँमा आन्दोलित छ । 

तर सरकारले अहिलेसम्म आन्दोलित शिक्षकहरूको माग सम्बोधनका लागि गम्भीरता देखाएको छैन । नेपाल शिक्षक महासङ्घले सरकारले शिक्षकहरूको मागहरूप्रति बेवास्ता गरेर गैर जिम्मेवार भइरहेको आरोप लगाइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update