Kakhara सबैको खबर सम्पूर्ण खबर
संसद विघठनको विरोधमा राडिमा नेविसंघ र तरुण दलको राँके जुलुस 
नेविसंघ र तरूण दलले राडिमा निकालेकाे राँके जुलुस ।

प्रतिनिधि सभा दोस्रो पटक विघटन भएपछि रुकुम पश्चिमा विरोध सुरु भएको छ । आईतबार बेलुकी जिल्लाको आठबीसकोट नगरपालिका ९ को राडिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलले संयुक्त रुपमा राँके जुलुस निकालेर संसद विघटनको विरोध गरेका हुन् । 

साथै उनिहरुले प्रतिनिधि सभा विघठन गर्ने कदमलाई ‘असंवैधानिक’ भन्दै यसलाई खारेज गर्न माग गरेका थिए । संसद विघटनको विरोध र यस कदमको खारेजिको माग गर्दै विभिन्न नारावाजी गरिएको थियो । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा संसद विघटन गर्नु ‘असंवैधानिक’ कदम रहेकाले राँके जुलुल निकाले यसको विरोध गरेको नेविसंघका नेता अनुराग शाहले जानकारी दिनुभयो । 

राष्ट्रपतिले दिएको समयमा बहुमतको सरकार बन्न नसकेको भन्दै प्रधामन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले शुक्रबार मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update