
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ राडीमा ‘‘दोस्रो आठविसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव’’ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति रुकुम पश्चिमको आयोजनामा यही वैशाख ११ गतेदेखि २१ गतेसम्म महोत्सव संचालन हुने भएको हो । महोत्सव लाग्ने बारे आज आयोजकले एक कार्यक्रमको आयोजना गरी जानकारी बनाएको हो ।
वैशाख १० गतेदेखि २१ गतेसम्म राडीमा “दोस्रो आठबिसकोट पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’’ आयोजना गर्न लागिएको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा करिव ५० वटा व्यापारिक स्टल रहने छन् । साथै स्थानीयलाई विषेश प्राथमिकता दिने आायोजकले जनाएको छ ।
जिल्लाको समग्र पर्यटन विकास तथा सांस्कृतिक विविधताको प्रदर्शनका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । महोत्सवमा नायक पल शाह, जिवन शर्मा, विष्णु खत्री, ज्योती मगर, पुष्कल शर्मा, बद्री पगेंनी, एलिना चौहान, लगायत अन्य राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।