Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल सल्लेमा कार्यरत करारका स्वास्थ्यकर्मीले छ महिनासम्म पाएनन् तलव 
फाइल फाेटाे ।

जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृति करारका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब–भत्ता पाउन सकेका छैन्न् । गत कार्तिक महिनादेखि हालसम्म तलव भत्ता नपाएको स्वास्थ्यकर्मीहरुले बताएका हुन् । नेपाल सरकार स्वास्थ्य विभागबाट कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत जिल्लामा बजेट आउने गरेकामा गत काक्तिक महिनादेखि बजेट नआउँदा छात्रवृति करारमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई तलव खुवाउन समस्या भएको अस्पतााल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस विषयमा पटक पटक कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्र पठाएपनि सुनवाई भएको छैन् । मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १२ जनाले कात्तिकदेखि चैतसम्मको तलव भक्ता नपाएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुले आफुहरुले काम गरेको पारिश्रमिक नपाएपछि जिल्ला अस्पताल, सामाजिक विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य विभागलाई पत्र मार्फत ध्यानाकर्षण समेत बनाएका थिए । हालसम्म पनि  तलब–भत्ता नपाएपछि  आजबाट अस्पतालको आपत्कालीन बाहेकको सेवा बन्द गरेका छन् । 

 गत मंगलबार जिल्ला अस्पताल विकास समितिले रुकुम पश्चिमबाट कर्णाली प्रदेश सभामा प्रतितिधित्व गर्ने सांसद भेटघाट कार्यक्रम आयोजना गरेको अवसरमा पनि छात्रवृति करारका स्वास्थ्यकर्मीहरु ६ महिनादेखि तलव भक्ता पाउन नसकेको गुनासो पोखेका थिए । घर व्यवहार चलाउन अप्ठेरो भएको भन्दै यस विषयमा पहल गर्न अनुरोध गरेका थिए । यस विषयमा ध्यानाकर्षण भएको र सम्बन्धित निकायलाई ध्यानाकर्षण बनाउने  र काम गरेको पारिश्रमिक पाउने वातावरण  सिर्जना गर्ने  कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री राजकुमार शर्मा सहित रुकुम पश्चिमबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदले प्रतिद्धता गरेका थिए ।

तलब–भत्ता नपाउनेमा  ७ जना मेडिकल अधिकृत, २ जना डेन्टल सर्जन ३ जनस्वास्थ्य अधिकृत रहेको रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update