Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेट डाँडामा गेट बनाउने क्रममा १ जनाकाे मृत्यु

रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर ४ मा गेट निर्माणका क्रममा एक जनाकाे च्यापिएर मृत्यु भएकाे छ । मुसिकाेट डाँडामा गेट निर्माणका क्रममा पुरानाे गेट भत्किदा मुसिकाेट ४ थापागाउँका ५९ वर्षीय खिमबहादुर गिरीकाे मृत्यु भएकाे हाे । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार नयाँ गेट निर्माणका क्रममा पुरानाे गेट भत्किएकाे र च्यापिएर मृत्यु भएकाे हाे । घटनास्थलमै मृत्यु भएकाे उहाँले बताउनुभयाे । अहिले घटनास्थलमा प्रहरी पुगेकाे छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update