Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रुकुम पश्चिमको अध्यक्षमा ओली

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । टेकबहादुर ओलीको अध्यक्षतामा १ जना सदस्य पछि थप्ने गरी ११ सदस्यीय नेतृत्व चयन गरिएको हो ।

उपाध्यक्षमा बालाराम खड्का, सचिवमा इन्द्रकला डाँगी ओली, सह सचिवमा चित्रा केसी, कोषाध्यक्षमा निर्मला खनाल र सह कोषाध्यक्षमा तोकबहादुर खत्री रहनुभएको छ । सदस्यमा सालिकराम खड्का, वीरबहादुर केसी, खड्कबहादुर केसी र डिल्लीबहादुर खड्का चयन हुनुभएको छ ।

संघले कानुन व्यवसायीहरूकाे हक हितमा काम गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update