
रुकुम पश्चिममा टिप्परले ठक्कर दिँदा एक जना कामदार घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को छिनखेत स्थित छिनखेत–पिपल भित्री सडक खण्डमा टिप्परले ठक्कर दिँदा सल्यानको शारदा नगरपालिका १ पट्नेरीका ४० वर्षीय चित्रबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
सडकको छेउमा नाला निर्माणको काममा रहेका थापालाई बाँफिकोट गाउँपालिका २ को जग्राबाट छिनखेत तर्फ गइरहेको बा ४ ख ८२०७ नम्बरको साँकुरा पावर बिल्डर्स प्रालिमा काम गर्ने टिप्परले शुक्रवार बेलुकी ५ः५० बजे ठक्कर दिएर घाइते बनाएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार थापाको दुवै खुट्टामा चोट लागेको छ भने जिल्ला अस्पताल सल्लेमा उपचार चलिरहेको र अवस्था मध्यम रहेको छ ।
टिप्पर र चालक तुलसीपुर उपमहानगरपालिका १० का २७ वर्षीय श्याम चौधरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।।