
नेकपा एमालेका कर्णाली प्रदेश सदस्य गङ्गाराम चनारा माओवादीमा फिर्ता हुनुभएको छ । २ वर्ष अघि एमाले प्रवेश गर्नुभएका चनारा माओवादीमै फिर्ता हुनुभएको हो । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई भेटेर चनारा माओवादीमा फर्किनु भएको हो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका १० को वडाध्यक्षमा निर्वाचित हुनुभएका चनारा कार्यकाल सकिएपछि केही नेता सहित एकमाले प्रवेश गर्नुभएको थियो ।
एमाले प्रवेशलाई चनाराले एक दुर्घटना भन्नुभएको छ । माओवादी प्रवेश गरेपछि सामाजिक सञ्जाल फेसबुकमा उक्त दुर्घटनाको गम्भीर समीक्षा सहित फर्किएको र गन्तव्यमा पुग्ने अठाेट जारी नै रहेको लेख्नुभएको छ ।
दुर्घटना न हो !, गाडीका पुर्जा बिग्रेका होलान् !,स्वरूप बदलिएको छ !, गतिमा केही फेरबदल आउन सक्छ ।, तापनि गन्तव्यमा पुग्ने अठोटमा भने कहीँ कतै रत्तीभर कमी छैन । थप आदरणीय,सहकर्मी र आम गन्तव्य यात्रीहरूमा गत दुर्घटनाको गम्भीर समीक्षा भएको छ ।,विशेष बसाइँका उचित निष्कर्षहरूको व्यवहारिक कार्यान्वयन नै नेतृत्व प्रतिको विश्वास हुने छ ।,बाँकी यात्राकै क्रममा......उहाँले लेख्नुभएको छ ।